हामी के गर्छौ

अर्को प्रश्न थियो: हामी कसरी रोजगारी सिर्जना गर्न सक्छौं?
हामीले राम्रो र स्वस्थ व्यवसायको खोजी गर्यौं र कफीको क्षेत्रमा काम गर्ने प्रस्ताव गर्यौँ । किन? किनभने हामीले पत्ता लगायौं कि नेपालमा उत्कृष्ट कफी उत्पादन हुन सक्छ  र गाउँमा बस्ने मानिसले कफी खेती गरेर आफ्नो जीविकोपार्जन गर्न सक्छन् । यहाँको हावापानी र उचाइ गुणस्तरिय कफी उब्जाउनको लागि उपयुक्त छ र किनभने कफिको सम्भाव्यता भएतापनि न्युन मात्रामा कफी उत्पादन भइरहेको छ, र धेरै मानिसहरूलाई अझै पनि काम गर्न मद्दत गर्न सकिन्छ।



चार्ज नेपालले नयाँ किसानहरूलाई कफी उत्पादन गर्न सक्षम बनाउँछ  साथै राम्रो मुल्यमा कफी चेरीहरु खरिद गरेर सहयोग गर्दछ । चार्ज नेपालले किसानहरूलाई राम्रो गुणस्तर कफी उत्पादन गर्न आवश्यक स्रोतहरू दिन्छ। कफीबाट किसानहरूले राराम्रो आम्दानी गर्न सक्नेछन र उज्वल भविष्य हुनेछ । नेदरल्याण्डमा ८० दिन कफी नामबाट कफी निर्यात र बिक्री गरिन्छ।

८० दिनले कुनै फाइदाको उद्धेश्य राख्दैन तर स्वस्थ तरिकाले व्यापार गर्न चाहन्छ। व्यापारबाट आएको फाइदालाई नेपालमै कफी परियोजनाहरुमा लगानी गरिन्छ । हामी लभगभ २५० जना किसानहरुसँग नेपालका ४ वटा जिल्लाहरुमा काम गर्छौ ।  हाम्रो स्टाफमा ८ सदस्यहरु छन  जसमा  ६ जना नेपाली र २ डच छन्। साथै नेपाल र नेदरल्यान्ड्सका धेरै स्वयंसेवकहरू यस काममा संलग्न छन्